राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको हो ।