कान्ती बाल अस्पतालमा आइसीयु बेड थपेर गुणस्तरीय सेवा दिन मन्त्री गिरीको निर्देशन

images
माघ ३, २०७९ मंगलबार
कान्ती बाल अस्पतालमा आइसीयु बेड थपेर गुणस्तरीय सेवा दिन मन्त्री गिरीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ती बाल अस्पताललाई निर्देशन दिनुभएको छ ।  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अस्पतालको निरीक्षणका लागि पुग्नुभएका उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्