दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १ जनाको मृत्यु, ११ घाइते

आषाढ १५, २०८२ आइतबार
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १ जनाको मृत्यु, ११ घाइते

आधिकारिक र सुरक्षा स्रोतहरूकाअनुसार दक्षिणी लेबनानको विस्तृत क्षेत्रहरूलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै ११ जना घाइते भएको बताइएको छ । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको एक विज्ञप्तिमा दक्षिणी शहर नाबातीहको एक अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा एक महिलाको मृत्यु र अन्य ११ जना घाइते भएको पुष्टि गरिएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीका अनुसार गत नोभेम्बरमा शत्रुता समाप्त गर्ने युद्धविराम सम्झौता पछि यो नाबातीहमा दोस्रो ठूलो इजरायली आक्रमण हो । अन्तिम ठूलो हमला मे महिनामा भएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images