प्रधानमन्त्री ओली स्पेन प्रस्थान

आषाढ १४, २०८२ शनिबार
प्रधानमन्त्री ओली स्पेन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गर्नुभएको छ । शनिवार साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो । स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ । २१ सदस्यीय प्रतिनिधि मण्डलमा स्पेनस्थित नेपाली राजदुत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत रहनेछ । परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा रहेका छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरुको संलग्नता रहेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images