एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधानसहित प्रश्तुत भएको नागरिकता विधेयक सामाजिक न्याय र लैंगिक समानताको हिसावले ऐतिहासिक कदम भएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो धारणा राखेमा हुन् । एकल आमाले हुर्काएका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयकमा गरिएको व्यवस्था सकारात्मक रहेको उनीहरुको भनाइ छ । केही सांसदहरुले विदेशी श्रीमानसँग विवाह गरेका नेपाली महिलाका सन्तानलाई पनि नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।