नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले साधारण खर्चका लागि आन्तरिक ऋण लिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । तलब, भत्ता, प्रशासनिक खर्चजस्ता निरन्तर दोहोरिने खर्चमा ऋण प्रयोग हुनु अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम उहाँको भनाइ छ । उहाँले सरकारलाई खर्चको प्राथमिकता पुनःसंरचना गर्न र ऋणको सदुपयोग सुनिश्चित गर्न आग्रह गर्नुभयो । उहाँले साधारण खर्चमा नभई पूँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी रहेको बताउनु भयो ।