प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

आषाढ १४, २०८२ शनिबार
प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ ।  अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रश्ताव गर्नुभएको थियो । प्रश्तावलाई सभामुख देवराज घिमिरेले निर्णयर्थ प्रश्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रतिनिधि सभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि बहुमतले पारित गरेको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images