नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरुको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनज माग गर्नुभएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरुलाई भुतपूर्व मन्त्रीहरु, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको बताउनु भयो । यो कदम गलत रहेको बताउनु भो । ऐन, कानून विपरित खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गर्नुभयो ।