राप्रपा सांसद कार्कीको चेतावनीः गृहमन्त्रीज्यु धेरै फुर्ति नदेखाउनुस्

आषाढ १४, २०८२ शनिबार
राप्रपा सांसद कार्कीको चेतावनीः गृहमन्त्रीज्यु धेरै फुर्ति नदेखाउनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिनुभएको छ ।  प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गर्नुभयो । उहाँले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गर्नुभयो । उहाँले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानविन समिति गठन गर्नुभएको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images