इरान र गाजाको समर्थनमा हुथी नियन्त्रित क्षेत्रमा हजारौं यमनीहरूले जुलुस

आषाढ १४, २०८२ शनिबार
इरान र गाजाको समर्थनमा हुथी नियन्त्रित क्षेत्रमा हजारौं यमनीहरूले जुलुस

हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार हजारौं यमनीहरू गाजा र इरानलाई समर्थन गर्न हुथी नियन्त्रित प्रान्तहरूमा भेला भएका छन् । हुथी समूहले आफ्ना समर्थकहरूलाई प्रदर्शनमा भाग लिनको लागि आह्वान गरेपछि इरानको विजयको प्रशंसा गर्दै उनीहरुले जुलुस निकालेका हुन् । मध्य सानाको अल–सबीन स्क्वायरमा, हुथी समर्थक प्रदर्शनकारीहरूले गाजासँग ऐक्यवद्धता व्यक्त गर्ने ब्यानरहरूको साथसाथै यमनी र प्यालेस्टिनी झण्डाहरू प्रदर्शन गरेका थिए । इजरायल र अमेरिका विरोधी नारा लगाएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images