नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य आफैं अनौपचारिक अर्थतन्त्रको उत्पादनकर्ता बनेको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित ‘जनताको बहुदलीय जनवादको आलोकमा सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पाखरेलले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुकलाई आर्थिक रुपमा सबल नभएसम्म सामाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयन गर्न नसकिने उहाँको भनाइ छ ।