अध्यक्ष नेपालविरुद्धको भ्रष्टाचार मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरितः नेकपा एस

आषाढ १३, २०८२ शुक्रबार
अध्यक्ष नेपालविरुद्धको भ्रष्टाचार मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरितः नेकपा एस

नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ ।  शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताउनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा  कानूनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिनुभयो । उहाँले पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलीमाथि छानविन हुन आवश्यक रहेको पनि बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images