नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ साल यताका कम्युनिष्ट अर्थमन्त्रीहरुले ल्याएको भन्दा व्यवहारिक भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको बजेट व्यवहारिक रहेको बताउनु भयो । सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई पनि त्यत्तिकै महत्व दिएको बताउनु भयो । कम्युनिष्ट अर्थमन्त्रीले व्यवहारिक बजेट ल्याएपनि वागमती र मधेस प्रदेशको बजेट अर्थतन्त्र बुझ्ने काँग्रेसी नेताहरुका लागि लज्जाजनक रहेको बताउनु भयो । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको काँग्रेसले आफैँले नसिककोमा दुःख लागेको बताउनु भयो ।