संसदीय सुनुवाई समितिले शुक्रवार प्रश्तावित सर्वोच्च आदालतका तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरुसँग छलफल गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको हो । बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रश्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाउनु भयो । उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको दाबी समेत गर्नुभयो । उहाँले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गरेकोमा क्षेत्राअिधकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताउनु भयो ।