युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बतउनुभएको छ । राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुले देशमै फर्किएर केही गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले देशमा धेरै अवसर हुँदा पनि युवाहरु विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशिल बन्न आग्रह गर्नुभयो । सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गर्नुभयो ।