मातृभाषा पत्रकारितालाई सेवा भावना वा व्यवसायिकता भन्ने अन्योल रहेको सञ्चारकर्मीहरुले बताएका छन् । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको सञ्चार माध्यममा मातृभाषाको पत्रकारिताको अवस्था र चुनौतिका विषयमा परामर्श कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सार्वजनिक सेवा प्रशारण रेडियो नेपाल कार्यक्रम महाशाखाका प्रमुख ताराप्रसाद वस्तीले कार्यक्रम तथा समाचार बनाउँदा मातृभाषाका विषयलाई प्राथमिकतामा राख्न धेरै कोशिस गरे पनि उत्पादनको कमीले चाहे जति गर्न नसकिएको बताउनु भयो । उहाँले विभिन्न भाषा र संस्कृतिको उत्थानमा सहयोग पु¥याउने विषयसँगै राष्ट्रिय हित, राष्ट्रिय एकता अभिवृद्धि गर्न मातृभाषाका विषय र कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।