सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रीपरिषद्को निर्णयअनुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शुन्य गर्ने अन्तर्राष्ट्रि प्रतिवद्धता गरेअनुसार उक्त अभियान संचालन गर्न लागिएको जानकारी दिनुभयो ।