टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

आषाढ १३, २०८२ शुक्रबार
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

बुधवार दिउँसोदेखि शुरु भएको टर्कीको पश्चिमी इज्मिर प्रान्तको जंगलमा लागेको डढेलो निरन्तर जारी छ । आगो आलियागा र फोका जिल्लाहरू बीचको जंगल क्षेत्रमा तिब्र हावा चल्दा द्रुत गतिमा फैलिएको हो । आगलागीको कारण अज्ञात छ । नियन्त्रण प्रयासमा ८ विमान, १६ हेलिकप्टर, ७१ पानी ट्रक, ४४ पानी ट्याङ्कर, ३३ बुलडोजर र ६२५ कर्मचारीको ठूलो परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । इज्मिर प्रान्तीय गभर्नर सुलेमान एल्बानले १७५ इलिपिनार छिमेकी घरहरू खाली गराइएका ५५० भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको पुष्टि गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images