निजी र सार्वजनिक विद्यालयको पाठ्यक्रम, पठनपाठनको मोडल र व्यवस्थापन एकरूपको बनाउन आवश्यकः सांसद राई

आषाढ १२, २०८२ बिहीबार
निजी र सार्वजनिक विद्यालयको पाठ्यक्रम, पठनपाठनको मोडल र व्यवस्थापन एकरूपको बनाउन आवश्यकः सांसद राई

नेकपा (एमाले) का सांसद कालुराम राईले शिक्षा क्षेत्रको सुधारका लागि निजी र सार्वजनिक विद्यालयको पाठ्यक्रम, पठनपाठनको मोडल र व्यवस्थापन एकरूपको बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।  बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो । उहाँले बालविकास शिक्षालाई तीन वर्षमा सीमित गर्ने प्रस्ताव पनि अघि सार्नुभयो । उहाँले निजी विद्यालयहरुले शिक्षकहरूमाथिको शोषण गरिरहेको उल्लेख गर्दै सार्वजनिक र निजी विद्यालयहरूले दिने सेवा सुविधा समेत समान दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images