बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै होइनः उपप्रधानमन्त्री पौडेल

आषाढ १२, २०८२ बिहीबार
बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै होइनः उपप्रधानमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताउनुभएको छ ।  बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले बताउनुभएको हो । उहाँले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताउनु भयो । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्ने बताउनु भयो । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images