स्थानीय तहको बजेटमा समेत स्थानीय तहहरुमा रस्साकस्सी देखिएको छ । कतै मेयर–प्रमुख प्रशासकीय अधिकृत, कतै मेयर उपमेयरबीच द्वन्द्वदेखिदाँ बजेट नै प्रभावित भइरहेको छ । कानूनअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ । त्यस हिसावले धेरै स्थानीय तहले बजेट ल्याएका छन् । खासगरी देशकै ठूलो काठमाडौं महानगर, धरान उपमहानगरसहितले समयसीमाभित्र बजेट ल्याउन सकेनन् । काठमाडौंका मेयर बालेन्द्र साहले उपमेयर, प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वका कारण काठमाडौंको बजेट अनिश्चित बनेको छ भने धरानमा मेयर उपमेयरबीचको द्वन्द्वका कारण बजेट अनिश्चित बनिरहरको छ । अरु पनि दर्जनौं पालिकाहरुमा यस्तै द्वन्द्व देखिएको छ ।