दिल्लीको कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु

आषाढ १२, २०८२ बिहीबार
दिल्लीको कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु

उत्तर–पश्चिम दिल्लीको रिथला क्षेत्रमा रहेको प्लास्टिकको काम गर्ने कारखानाभित्र भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दिल्ली अग्निशमन सेवाका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी गराउनुभएको हो । घाइतेहरूलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ । पीडितहरू सबै कारखानामा कार्यरत कामदारहरू थिए । आगलागी यति ठूलो थियो कि १६ वटा दमकल घटनास्थलमा पठाउनुपरेको थियो । अग्निशमन विभागले आगलागी पछिको खोजी कार्यको क्रममा घटनास्थलबाट तीनवटा जलेका शवहरू बरामद गरेको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images