लागु औषध प्रयोगबारे सचेतना पैmलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ । संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्पmत गर्नुपर्ने मान्यता राख्ने गर्दछ । खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो शाहस र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध खेलकुद महासंघको संयुक्त आयोजना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधवार एक दिने प्रशिक्षण आयोजना गरेको हो । नेपालमा असार १२ गते लागु औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।