उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइएमई ग्रुपले नयाँ नेपाल निर्माणको अभियानमा आपूmलाई उभ्याएको बताउनुभएको छ । बुधवार एभरेष्ट फाइबर सिमेन्ट बोर्डको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले बोर्डबाट उत्पादित सामग्रीले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बोर्डको उत्पादन नेपालमै शुरु भएकोमा खुशी व्यक्त गर्दै उहाँले मुलुकको भूबनावट, विभिन्न समयमा व्यहोर्नुपरेका क्षति, तत्काल उद्धार गर्नुपर्ने बाढी, पहिरो, भूकम्प, आगजनीजस्ता विपद्का समयमा तत्काल पुनःनिर्माणमा यसले मद्दत पु¥याउने बताउनु भयो ।