अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेले सरकारले आयातमा निर्भरता घटाउने नीतिअनुसार केही वस्तुहरूको भन्सार तथा करको दरमा वृद्धि गरिएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अगामी आर्थिक वर्षको बजेटमार्फत सूचना प्रविधि, हाइड्रोजन उत्पादनलगायतका क्षेत्रलाई आयकर छुटको सुविधा दिइएको समेत उल्लेख गर्नुभयो । उहाँले मूल्य अभिवृद्धि कर (भ्याट) राजस्व संकलन प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै सोही आधारमा वस्तुको प्रकृतिअनुसार कर लगाइएको समेत बताउनु भयो ।