नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयाति वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन आयातित वस्तुहरू महँगो बनाउनु जरुरी रहेको बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुनः समिक्षा गर्न आग्रह गर्नुभयो । भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन नसकिने उहाँको भनाइ छ ।