भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने रास्वपाको घोषणा

आषाढ १०, २०८२ मंगलबार
भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने रास्वपाको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने बताउनुभएको छ ।  मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले आफूहरुको आन्दोलन यथावत रहेको बताउनु भएको हो । उहाँले भिजिट भिसा जस्तो गम्भिर मुद्दालाई सरकारले पन्छाउन खोजेको समेत उहाँको आरोप छ । उहाँले अर्को संसद बैठक असार १४ गतेको रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीको मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरु गर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images