नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताउनुभएको छ । सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताउनु भयो ।