स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा हुँदै स्वीस सरकार

आषाढ १०, २०८२ मंगलबार
स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा हुँदै स्वीस सरकार

स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ । विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा स्वीस सरकारले पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको थियो । उक्त सहयोग अब नेपाल सरकारलाई नै सक्षम बनाएर नेपाल सरकारबाटै उक्त काम गराउने उद्देश्यअनुसार हस्तान्तरण गर्न लागिएको हो । आजबाट स्वीस सरकारले नेपालको स्थानीय तहमा गर्दै आएको पूर्वाधार विकासको क्षेत्रको सहयोगको स्मरणमा गरेका कामहरुको दृश्यहरु समेत प्रदर्शनमा राखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images