स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

आषाढ १०, २०८२ मंगलबार
स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ । मंगलवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए । उनीहरुले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् । कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images