श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताउुभएको हो । उहाँले श्रमिक ठगिएको निवेदनको अध्ययनका आधारमा ठगीमा संलग्नहरुलाइई कडाभन्दा कडा कारबाही गरिने समेत बताउनु भयो । उहाँले विदेश जान लालायित नेपाली युवाहरूलाई अवैध एजेण्ट र दलालहरूले लुट्ने क्रम नरोकिएका कारण यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारले अनुसन्धान संयन्त्रलाई सक्रिय बनाएको उल्लेख गर्नुभयो ।