सबैको सहयोग भए समयमै विद्यालय शिक्षा ऐन जारी हुन्छः शिक्षामन्त्री पन्त

आषाढ ९, २०८२ सोमबार
सबैको सहयोग भए समयमै विद्यालय शिक्षा ऐन जारी हुन्छः शिक्षामन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबैको सहयोग भए समयमै विद्यालय ऐन जारी हुने बताउनुभएको छ ।  प्रतिनिधि सभाको सोमवारको विनियोजित शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र शिक्षक महासंघसँग भएका सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षा ऐन ल्याउन सरकार तयार रहेको बताउनु भयो । विभिन्न सरकारका पालामा शिक्षकका संघ संगठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images