कानूनमन्त्री चौरसियाको स्पष्टिकरणः संविधान र कानूनबाहिर गएर न्यायाधीश नियुक्ति गरिएको छैन

आषाढ ९, २०८२ सोमबार
कानूनमन्त्री चौरसियाको स्पष्टिकरणः संविधान र कानूनबाहिर गएर न्यायाधीश नियुक्ति गरिएको छैन

कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।  प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो चुनौती दिनुभएको हो । सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण सार्वजनिक गर्न माग गर्नुभएको थियो । मन्त्री चौरसियाले बाहिर आएजस्तो दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति नगरिएको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images