संसदमा नयाँ आएका सांसदलाई प्रशिक्षण पुगेको छैनः काँग्रेस सांसद श्रेष्ठ

आषाढ ९, २०८२ सोमबार
संसदमा नयाँ आएका सांसदलाई प्रशिक्षण पुगेको छैनः काँग्रेस सांसद श्रेष्ठ

नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले प्रतिनिधिसभामा आएका नयाँ सांसदहरुलाई प्रशिक्षण नपुगेका र संसदीय अभ्यासमा कसरी चल्ने भन्ने जानकारी नभएको बताउनुभएको छ । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदीय अभ्यासबारे जानकारी नहुँदा आज प्रतिनिधि सभामा कहीँ नभएको जात्रा हाँडिगाउँमा जस्तै अवस्था भइरहेको बताउनुभएको हो । उहाँले मुलुकमा सार्वजनिक स्थललगायत संसदमा पनि निराशाको कुराभन्दा अरु सुनिन छाडेको अवस्थामा दैलेखमा पत्ता लागेको मिथेन ग्यासले थोरै उत्साह जगाएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images