संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउनुभएको छ । प्रतिनिधि सभामो सोमवारको बैठकमा बोल्दै मन्त्री गुप्ताले अगामी आर्थिक वर्ष शुरु हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शुन्यमा झार्ने बताउनु भएको हो । उहाँले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गर्नुभयो ।