डेंगु प्रकोप नियन्त्रणका लागि सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

आषाढ ९, २०८२ सोमबार
डेंगु प्रकोप नियन्त्रणका लागि सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले डेंगुको प्रकोप दिनानुदिन बढ्दै गएकोले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले डेंगुले महामारीको रुप लिनुअगावै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले रोग नियन्त्रणका लागि तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारीलगायत आम नागरिकसमेतको सहभागितामा डेंगु नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images