नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मध्यपूर्वमा जारी विश्वयुद्ध निम्त्याउने किसिमको गतिविधि रोक्न सबै देशहरुले पहल गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद अर्यालले इरान र इजरायलबीच भइरहेको युद्धमा अमेरिकाले आक्रमण गरेसँगै तेस्रो विश्वयुद्ध निम्त्याउने संकेत गरेको बताउनभएको हो । उहाँले विश्व शान्तिमा यस प्रकारका गतिविधिले अर्को खतरातर्फ संकेत गरेको भन्दै शक्ति सम्पन्न राष्ट्रहरुले विपन्न राष्ट्रहरुमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने बताउनु भयो ।