विदेशमा कार्यरत नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामाः परराष्ट्रमन्त्री राणा

आषाढ ९, २०८२ सोमबार
विदेशमा कार्यरत नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामाः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका ८ सय ८५ जना नेपालीले आफ्नो विवरण दर्ता गराएको बताउनुभएको छ ।  प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो । सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको थियो । इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गर्न भरतसँग आग्रह गरेको बताउनु भयो । ११ जनालाई फर्काउने तयारी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images