व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैनः सांसद कार्की

आषाढ ९, २०८२ सोमबार
व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैनः सांसद कार्की

नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताउनु भयो । सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताउनु भयो । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images