अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नपर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो । अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गर्नुभयो । इरानले अब शान्तिको बाटोमा जानुपर्ने उहाँको भनाइ छ ।