अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी आणविक केन्द्रहरू विरुद्ध अमेरिकी सैन्य हमलाहरूले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पारेको बताउनुभएको छ । आणविक केन्द्रहरू विरुद्ध आक्रमण गरेको भएपनि इरानी सेना वा जनतालाई लक्षित नगरेको बताउनु भयो । हेगसेथले पेन्टागनद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी केन्द्रिय कमाण्डले मध्यरातमा इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न वा गम्भीर रूपमा कमजोर बनाउन इरानका तीन आणविक केन्द्रहरू – फोर्डो, नातान्ज र इस्फहान – विरुद्ध सटीक हमलाहरू गरेको उहाँको भनाइ छ । इरानी नेताहरूलाई थप आक्रमणहरूबाट बच्न शान्ति खोज्न आग्रह गर्नुभयो । इरानी आणविक कार्यक्रमलाई ध्वस्त पारेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति खोज्नुभएको उहाँको भनाइ छ । इरानले त्यो बाटो अपनाउनु पर्ने उहाँको जिकिर छ । यो मिसन शासन परिवर्तनको बारेमा नभएको उहाँको भनाइ छ ।