सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलव वृद्धि गर्ने कानून बनाएको छ । सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आईतवार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभुत तलव र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिनुभएको हो । यो वृद्धि मन्त्रालय, राज्य प्रशासन, सार्वजनिक संस्था र सार्वजनिक क्षेत्र भित्रका कम्पनीहरूमा कामदारहरूमा लागू हुन्छ । यसमा प्रशासनिक एकाइहरू र संयुक्त–क्षेत्रका संस्थाहरू पनि समावेश छन् ।