बढ्दो क्षेत्रीय तनावका बीचमा प्यालेस्टिनी उद्देश्यप्रति ऐक्यवद्धता जनाउन आईतवार हजारौं मोरक्कोलीहरू राबाट शहरमा भेला भएका छन् । मोरक्को र प्यालेस्टिनी झण्डा फहराउँदै प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका हुन् । उनीहरुले इजरायल विरोधी नारा लगाएका थिए । मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् ।