नेकपा (एमाले)का नेता विशाल भट्टाईले संविधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । आईतवार काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टाईले संविधान निर्माण भएको एक दशक पुगिसकेको उल्लेख गर्दै समीक्षा गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले संविधानमै नै दश प्रत्येक दश वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै यसको लागि राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताउनु भयो । नेता भट्टाईले जनताको आलोचना भएको विषयलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिँदै संविधानो आवश्यक पुनरावलोकन गर्नुपर्ने बताउनु भयो ।