आर्थिक कुटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्प्सबिच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

आषाढ ८, २०८२ आइतबार
आर्थिक कुटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्प्सबिच सहकार्य आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कुटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कुृटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौंको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः अवस्था, चुनौति र सम्भावना विषयक अन्तरक्रिाया कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालले आफ्नो आर्थिक कुटनीतिलाई बढाउँदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६४ देशका अवैतनिक वाणिज्यदुतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images