नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गर्नुभएको छ । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै प्रश्न तेर्साउनुभएको हो । उहाँले ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन भन्दै प्रश्न गर्नुभयो । उहाँले कर्णाली, मुगुदेखि तराई–पहाडका ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नागरिकलाई खानेपानीदेखि सिँचाइको लागि बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर गर्नुभयो ।