शहरी विकास मन्त्रीले काठमाडौंमा गाई जात्रा गरेः प्रकाश ज्वाला

आषाढ ८, २०८२ आइतबार
शहरी विकास मन्त्रीले काठमाडौंमा गाई जात्रा गरेः प्रकाश ज्वाला

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्वर्गीय गणेशमान सिंहको अपमान गरेको टिप्पणी गर्नुभएको छ । आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणेशमानको नाममा करिव ५७ करोड बजेट विनियोजन भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले उत्पादनमूलक र युवाहरूलाई रोजगारी दिने कार्यक्रममा नभई अनुत्पादक संरचनाहरू बनाउने नाममा प्रकाशमानले गणेशमानको बदनाम गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images