नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास मोडलको बारेमा एक पटक छलफल गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम अवधिमा कसरी छिमेकी देशहले तिब्रतर रुपले विकासलाई अघि बढाए र नेपालले त्यसबाट सिकेर कसरी अघि बढ्ने भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । मुलुकमा जलश्रोतको क्षेत्रमा भइरहेको विकास र उत्साहलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भयो । उजा क्षेत्रको प्रवद्र्धन र विकासले नै भारतसँगको व्यापार घाटालाई हटाउन सकिने जिकिर गर्नुभयो ।