नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले बजेट विनियोजनमा शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको बताउनुभएको छ । आईतवारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको जीवनस्तर उठाउनेतिर ध्यान जान नसकेको बताउनु भयो । ससाना टुक्रे योजना राख्ने काम भएको र आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने बताउनु भयो । टुक्रे योजनाहरु फालिनुपर्ने भन्दै तीन करोडका योजना सांसदहरुको सिफारिसका लागि मात्र नभइ संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्ने बताउनु भयो ।