अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्नः अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?

आषाढ ८, २०८२ आइतबार
अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्नः अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?

नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गर्नुभएको छ ।  प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै यस्तो प्रश्न गर्नुभएको हो । उहाँले उहाँले शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजनाहरु अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images